Logo

नागपंचमीमा नागको पुजाको प्रचलन कसरी शुरु भयो



नागपंचमी कथा १ः एक राजाका सात छोरा थिए, उनीहरु सबैको विवाह भइसकेको थियो । उनीहरु मध्ये ६ जनाको सन्तान पनि जन्मिसकेका थिए । सबैभन्दा कान्छो छोराको सन्तान भएका थिएनन् ।

एक त सन्तान नभएको पिडा अर्कोतिर घरका सदस्यहरुले दिने टर्चरले कान्छी बुहारीलाई समस्या भएको थियो । कान्छी बुहारी यी सबैकुराले पिरोलेकोले रुन लागिन् । श्रीमानले सम्झाउन धेरै गाह्रो भयो । सबैले बाँझी भनेर छड्के हान्ने गर्थे । महिलालाई सन्तान नहुने जस्तो पिडा अरु केही हुन सक्दैन र सन्तानको जन्म दिदा जति असजिलो परिस्थिती भएपनि खुशी हुन्छन् । उनी रोइ कराई गर्दै दिन बित्दै गए एक दिन नागपंचमी आयो ।

कान्छी बुहारीको चौध रातको सपनामा पाँच नाग आए । पाँच नाग मध्ये एक नागले उनलाई भने, ‘भोली नागपंचमी हो, तिमीले यदि हाम्रो पुजा गरेमा पुत्र रत्न प्राप्त गर्न सक्छौ ।’ यो सुनेर जुरुक्क उठेर सपनाको कुरा पतिलाई सुनाइन् । पतिले भने यो कुन ठुलो कुरा हो र ?

पाँच नाग यदि देखेको भए पाँच आकृति बनाएर उसको पुजा गर्नुपर्छ । नागहरु चिसा खाना खान्छन् यसैले काचो दुधबाट प्रुसन्न गराउनु पर्छ । दोस्रा दिन ठिक त्यसै गरीन् । नागको पुजा गरेपछि उनलाई नौ महिनामा सुन्दर छोरा प्राप्त भयो ।

नागपंचमी कथा २ः एक राज्यमा एक किसान परिवार बस्थे । किसानका २ छोरा र एक छो।ी थिइन् । एकदिन जोत्नेक्रममा हलोले किचेर नागका ३ बच्चा मरे । नागिनले आफ्नो बच्चा मारेकोमा विलाप गर्दै हत्याको बदला लिने सकल्प गरिन् । नागिनले मध्य रातमा किसान, उसकी पत्नी र २ छोरालाई टोक्यो ।

अर्कोदिन नागिनले किसानको छोरीलाई टोक्न जाँदा छोरीले कचौरा भरी दुध राखिदिइन् र क्षमा मागिन् । नागिन प्रसन्न भएर उसको माता पिता र दुई भाईको पुनः जीवित गराइदिइन् । उक्त दिन श्रावण शुक्ल पञ्चमी थियो । त्यसदिनबाट आजसम्म नागको भयबाट जोगिन नाग पुजा गरिदै आएको हो ।



प्रतिक्रिया दिनुहोस्