Logo

गाडी त गुडे, यात्रुले भरिएनन् सिट



काठमाडौं, ८ साउन । रत्नपार्क–लगनखेल रुटमा माइक्रो चलाउने विजय तामाङ बुधबार दिउँसो यात्रुको प्रतीक्षामा भेटिए। तीन–चार जना मात्रै बोकेर हिँड्ने गरेको चालक तामाङले सुनाए। चार महिना लामो लकडाउन हटेको दिन तामाङजस्तै धेरै चालक सडकमा यात्रुको पर्खाइमा थिए। स्वयम्भू–सुन्धारा माइक्रो चलाउने विष्णुलाल श्रेष्ठले चार महिनापछि पहिलो पटक गाडी लिएर सडकमा निस्किएको बताए। चार यात्रु लिएर आएका उनको गाडी फर्किने बेला खाली थियो। यात्रु भए नि धेरै हाल्न नपाइने भएकाले चिन्ता लागेको उनले सुनाए।

 

‘बुधबार देखि गाडी चलाउन थालेको हुँ’, उनले भने, ‘यात्रु छैनन्। एक सिट खाली गरेर राख्नुपर्छ। तेल खर्च उठाएर खाना खान पुर्‍याउन मुस्किल छ। ’ सरकारले सार्वजनिक यातायातका साधन चलाउन दिए पनि सीमित यात्रु मात्र बोक्न पाइने नियम लगाएको छ। एउटा सिट खाली राखेर यात्रु चढाउनुपर्छ। राजधानीका अधिकांश ठाउँमा यो नियम लागू गरेरै गाडी चलाएको देखियो। तर, सार्वजनिक सवारी भने कमै चलेका थिए।

सुन्धारामा खटिएका ट्राफिक प्रहरी बलदेव भट्टले सार्वजनिक सवारीको चाप सुरु भइनसकेको बताए। ‘सधैंजस्तो सार्वजनिक सवारीको चाप बढेको छैन’, उनले भने, ‘सधैं हामीलाई सवारी व्यवस्थापन गर्न मुस्किल पथ्र्यो तर अहिले त्यस्तो छैन। ’ सवारी चालक गाउँतिरै भएकाले पनि सबै सवारी नचलेको हुन सक्ने उनले खबर आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्