Logo

सुनको मुल्यमा नयाँ किर्तीमान



काठमाडौ, ८ साउन । सुनको मुल्य आज ५०० रुपैयाँले बढेको छ । यो सुनको मुल्य हालसम्मकै उच्च हो । बिहिवार छापावाला सुनको मुल्य ९४ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार पनि सुनको मल्यमा १३ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार रुपैयाँमा खरिद बिक्री भएको थियो । त्यसैगरी तेजाबी सुनको मुल्य आज ९४ हजार ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

त्यस्तै बुधबार चाँदीको मुल्य तोलामा १० रुपैयाँ बढेर प्रतितोला १ हजार ४५ रुपैयाँ पुगेको छ । नेपाली बजारमा चाँदीको हालसम्मकै उच्च मुल्य हो । बुधवार चाँदीको मुल्य ९५ रुपैयाँले बढेर १ हजार ३५ रुपैयाँमा कायम भएको थियो ।



प्रतिक्रिया दिनुहोस्