Logo

दुई घण्टामा साढे २ अंकले घट्यो नेप्से



काठमाडौँ ८ साउन : आज (बिहीबार) कारोबारको दुई घण्टासम्ममा नेप्से परिसूचक २.४८ अंक घटेर एक हजार ४३० विन्दुमा झरेको छ।

उक्त अवधिसम्ममा १८० कम्पनीको १४ हजार ३९१ पटकको कारोबारमा ५६ करोड ५ लाख ६१ हजार रुपैयाँ बराबरको १३ लाख ७३ हजार ४७१ कित्ता शेयर खरिदबिक्री भएको छ। यस दिन एक बजेसम्ममा ओरियण्टल होटलको शेयरमूल्य सबैभन्दा बढी ६ प्रतिशत बढेको छ भने हिमालयन उर्जाको शेयरमूल्य सबैभन्दा बढी ५.१० प्रतिशत घटेको छ।

सो अवधिसम्ममा कारोबारमा आएका ७ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ।मेरोलागानी/File photo



प्रतिक्रिया दिनुहोस्