Logo

ललितपुरमा कार जुध्यो, मोटरसाइकलमा समेत क्षति (फोटोसहित)



ललितपुर, ८ साउन । ललितपुरको भनी मण्डलमा कार एक आपसमा ठोकिएका छन् । तिव्र गतिमा चलिरहेको एउटा कारको अगाडीको टायर पञ्चर भएपछि अनियन्त्रित हुँदा अर्को कारमा गएर ठोकिएको हो ।

२ कार ठोकिदा नजिक गएको मोटरससाइकलमा समेत क्षति पुगेको छ । मोटरसाइकल चालकले सडकको छेउमा गएर ज्यान जोगएका थिए । २ कार र मोटरसाइकलका ३ जना चालक सामान्य घाइते भएका छन् ।

रातो रंगको कार र सेतो रंगको कार एक आपसमा ठोक्किदा बिहिबार दुर्घटना भएको हो । गम्भिर घाइते भएका कारका चालकलाई उपचारको लागि अस्पताल लगिएको छ । कार एक आपसमा ठोक्किदा सेतो कारमा ठुलो क्षति भएको छ । सेतो कारले मोटर साइकललाई पनि क्षति पु¥याएको छ । तस्वीर हेर्नुहोस्ः

 



प्रतिक्रिया दिनुहोस्