Logo

ब्राउन सुगरसहित पक्राउ



काठमाडौं, ८ साउन । अवैध लागूऔषध सहित सिराहाका अरुण कुमार पुर्वेलाई प्रहरीले पक्राउ गरेको छ । गोलबजार बलडाँडाका पुर्वे १ ग्राम ३ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ, करिब ५५ ग्राम १ सय ४० मिलिग्राम लागूऔषध गाँजा, नगद १५ हजार रुपैयाँ र ७ सय ९० भारतीय रुपैयाँ सहित बुधबार साँझ पक्राउ परेका हुन् ।

बिक्री बितरणको लागि आफ्नै घरमा लागूऔषध लुकाई छिपाई राखेका पुर्वेलाई ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध तथा नगद सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

यसैगरी बाँके डुडुवा गाउँपालिका होलीयाबाट ६५ सिसि नियन्त्रित लागूऔषध कोरेक्स सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारतका राज कुमार र आसिस अहिर रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले भारतबाट अबैध रुपमा ल्याउँदै गरेको उक्त परिमाणको लागूऔषध सहित उनीहरुलाई फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्