Logo

च्याउ टिप्न जाँदा जङ्गगलमा बलात्कार



रुपन्देही, ८ साउन । जङ्गलमा च्याउ खोज्न जाँदा एकजना पुरुषले किशोरीमाथि बलात्कार गरेका छन् । जङ्गलमा जबरजस्ती करणी गरेको अभियोगमा यम बहादुर भण्डारीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सैनामै रानिकुवाका भण्डारी १६ वर्षीया किशोरीलाई गत असार २४ गते दिउँसो सोही ठाउँस्थित जंगलमा च्याउ खोज्न जाने क्रममा भण्डारीले जबरजस्ती करणी गरेको उजुरीपछि पक्राउ परेका हुन् । भण्डारीलाई ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्