Logo

श्रीमतीलाई मट्टीतेल छर्की आगो लगाउने श्रीमान



सप्तरी, ८ साउन । श्रीमतीलाई मट्टीतेल छर्की आगो लगाएको अभियोगमा दिपेन सदा पक्राउ परेका छन् । श्रीमतीलाई मट्टितेल छर्की आगो लगाएको अभियोगमा सुरुङ्गा दौलतपुरका सदालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

आफ्नै श्रीमतीलाई आगो लगाई घाइते बनाएका सदालाई प्रहरी चौकी लक्ष्मीपुर र ईलाका प्रहरी कार्यालय भेडियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । घाइतेलाई सप्तऋषि अस्पताल लाहान हुँदै थप उपचारको धरान घोपातर्फ लगिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्