Logo

सीतापाईलामा युवतीमाथी एसिड प्रहार गर्ने भारतीय नागरिक पक्राउ



काठमाडौं, ९ साउन । गएराती घरबाट सामान किन्न पसल निस्केकी एक युवतीलाई सीतापाइलामा एसिड प्रहार गर्ने दुई युवा पक्राउ परेका छन । प्रहरी परिसर काठमाडौ र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले एसिड प्रहार गर्ने दुई जनालाई डल्लुबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रौतहटको लक्ष्मीपुर घर भई हाल डल्लु बस्ने मोहम्मद आलम र भारत घर भई डल्लुमा कालीगढको काम गर्ने मुन्ना मोहम्मद छन् । उनीहरुलाई बिहीबार राति ११ बजे डल्लुबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्