Logo

केपी ओलीलाई प्रधानमन्त्रीबाट र चोलेन्द्र शमसेरलाई प्रधानन्यायाधीशबाट हटाउन माग



काठमाडौं, साउन ९। जनता समाजवादी पार्टीका नेता डाक्टर बाबुराम भट्टराईले संसद अधिवेशन बोलाएर नेकपाबाट नयाँ प्रधानमन्त्री चुन्न तथा अपराधका संरक्षक न्यायाधीशलाई महाअभियोग लगाउन माग गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत भट्टराईले देश गम्भीर संकटतिर गइरहेको उल्लेख गर्दै लोकतान्त्रिक ढंगले संकटमोचनका लागि केपी ओलीलाई प्रधानमन्त्रीबाट बिदा गरेर नेकपाबाटै अर्को प्रधानमन्त्री पर्ने उल्लेख गरेका छन् ।

श्रीमतीको हत्यामा दोषी ठहर भएका सशस्त्र प्रहरीका पूर्वडीआइजी रञ्जन कोइरालाको कैद सजाय घटाउने फैसलापछि सर्वोच्च अदालतको चर्को आलोचना भइरहेका बेला भट्टराईले अपराधको संरक्षण गर्ने न्यायाधीशलाई पनि महाअभियोग लगाउन पर्ने माग गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्