Logo

सुनमा फेरी किर्तिमान, ९५ हजारमा कारोवार



काठमाडौ, ९ साउन । सुनको मुल्य आज १३ सय रुपैयाँले बढेको छ । यो सुनको मुल्य हालसम्मकै उच्च विन्दु हो । शुक्रबार छापावाला सुनको मुल्य ९५ हजार ८ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहिबार पनि सुनको मुल्य ५ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा खरिद बिक्रि भएको थियो । त्यसैगरी आज तेजाबी सुनको मुल्य ९५ हजार ३६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

त्यस्तै  शुक्रबार चाँदीको मुल्य तोलामा १०५ रुपैयाँले बढेर १ हजार १५० रपैयाँ पुगेको छ । बुधबार बजारमा चाँदीको मुल्य १० रुपैयाँले बढेर १ हजार ४५ रुपैयाँ पुगेको थियो । नेपाली बजारमा चाँदीको हालसम्मकै उच्च मुल्य हो ।



प्रतिक्रिया दिनुहोस्