Logo

कोरोनाबाट थप एकको मृत्यु, मृतक संख्या ४४ पुग्यो



काठमाडौँ ९ साउन : नेपालमा कोभिड–१९ बाट आज थप एक जनाको मृत्यु भएको छ । पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका एक वृद्धको नारायणी अस्पतालमा उपचारत ८५ वर्षीया महिलाको मृत्यु भएको हो ।

निमोनिया र श्वासप्रश्वासमा कठिनाइ आएपछि अस्पताल भर्ना भएका उनको उपचारका क्रममा आज निधन भएको हो । योसँगै कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।-Photo By: Mukund Kalikote



प्रतिक्रिया दिनुहोस्