Logo

शाखा प्रमुखको कुर्सीमा ‘दिसा’ राखेपछि…



कैलाली, साउन १० । धनगढी उप–महानगरपालिकाका योजना तथा बजेट शाखा प्रमुख सत्यराज जोशीको कुर्सीमा दिसा राखेको भेटिएपछि हंगामा भएको छ। बिहिबार बिहान शाखा प्रमुख जोशीको कुर्सीमा कपडामा बेरेर राखेको अवस्थामा दिसा भेटिएपछि उप–महानगरपालिकामा हंगामा भएको हो।

कुर्सीमा बसेको केही समयपछि जोशीले दिसा राखेको थाहा पाएका थिए। तर दिसा कसले र किन राख्यो भन्ने कुरा खुलेको छैन्। तर उप–महानगरपालिकाका प्रशासकिय अधिकृत सुरेन्द्र कार्कीको संयोजकत्वमा शुक्रबार उप–महानगरपालिकाले योजना शाखा प्रमुख जोशीको कुर्सीमा दिसा भेटिएको विषयमा छानविन गर्न तीन सदस्यीय समिति गठन भएको जनाइएको छ ।

केहि दिन पहिले उप–महानगरपालिकाले वितरण गरेको पुरस्कारको विषयलाई लिएर उक्त कार्य गरेको हुन सक्ने प्रारम्भीक अनुमान गरिएको छ । उपमहानगरले घर भएकालाई समेत आवास खर्च, राहतका लागि कुहिएको चामल खरिद गर्नेलाई पुरस्कार दिएको भन्दै चर्काे आलोचना बढीरहेका बिच उक्त कार्यले उप–महानगरपालिकामा हंगामा भएको छ ।



प्रतिक्रिया दिनुहोस्