Logo

न्यायलय जोगाउन सबै न्यायाधीश नियुक्तीहरुको निश्पक्ष छानबिन गर्नुपर्छ : डा. आचार्य



काठमाडौं, १० साउन । संविधानविद् डा. भीमार्जुन आचार्यले न्यायलय जोगाउन अब पछिल्ला समयमा भएका सबै न्यायाधीश नियुक्तीहरुको निश्पक्ष छानबिन गरी पुनः नियुक्तिका लागि आवश्यक कानूनी तथा संवैधानिक प्रवन्ध गरिनुपर्ने धारणा राखेका छन् ।

पूर्व डिआईजी रञ्जन कोइरालाबारे सर्वोच्च अदालतले हालै गरेको फैसलाका विरुद्धमा जनस्तरबाट विरोध तथा प्रदर्शन भएपछि डा. आचार्यको यस्तो धारणा आएको हो । उनले न्यायलयका बिरुद्धमा सर्वधारणले सार्वजनिक रुपमा विरोध प्रदर्शन गरेको यो सम्भवत् पहिलो घट्ना भएको पनि उल्लेख गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा डा. आचार्यले लेखेका छन्,’न्यायलयका बिरूद्धमा सर्वसाधारणले सार्वजनिक रूपमा बिरोध प्रदर्शन गरेको सम्भवत यो पहिलो घटना हो। यो निकै नै गम्भीर विषय हो । न्यायलय जोगाउँन अब पछिल्ला समयमा भएका सबै न्यायाधीश नियुक्तिहरुको निष्पक्ष छानविन गरी पुनः नियुक्तिका लागि आवश्यक कानूनी तथा संवैधानिक प्रवन्ध गरिनु पर्दछ ।’



प्रतिक्रिया दिनुहोस्