Logo

सुनिल थापा काँग्रेस प्रवेश गरे सुर्यबहादुर थापाको विरासतको अन्त्य हुनसक्ने कमल थापाको टिप्पणी



काठमाडौं, १० साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी त्यागेका सुनिलबहादुर थापा नेपाली काँग्रेस प्रवेश गर्ने तयारी भइरहँदा उक्त पार्टीका अध्यक्ष कमल थापाले यसलाई गम्भीरताका साथ लिएका छन् । उनले सुनिल थापा काँग्रेस प्रवेश गरे पूर्व प्रधानमन्त्री समेत रहेका राप्रपाका संस्थापक नेता सुर्यबहादुर थापाको विरासत अन्त्य हुने टिप्पणी गरेका छन् ।

कमल थापाले सुनील थापाको काँग्रेस प्रवेशको खबरहरु बाहिर आइरहँदा ट्वीट गर्दै लेखेका छन्, ‘यदि यो सत्य हो भने पाँचपटकका प्रधानमन्त्री तथा राप्रपाका संस्थापक अध्यक्ष सुर्य बहादुर थापाको विरासतको अन्त्य हुनसक्नेछ ।’ उनले सुनील थापालाई असहजता र असहमतिका बाबजुद महान पिताको मौलिक विचारको रक्षा गर्न आग्रह गरे । थापाले अन्य दलको ओथ लाग्नुभन्दा आफ्नै घर बलियो बनाउन आग्रह समेत गरेका थिए ।

यसअघि काँग्रेस नेतृ इन्दिरा थापाले सुनील थापाले नेपाली काँग्रेस प्रवेश गर्न लागेको खबर सार्वजनिक गरेकी थिइन् । उनले हिजो सुनील थापाको निर्णयको स्वागत समेत गरेर लेखेकी थिइन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्