Logo

राप्रपाका ३१ जना नेताले दिए सामूहिक राजीनामा



काठमाडौँ, ११ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का ३१ जना नेताले संयुक्त रुपमा राजीनामा दिएका छन् । पार्टीभित्र लामो समयदेखि असन्तुष्ट रहँदैआएका पूर्वमन्त्री सुनिलबहादुर थापासहित नेताले शनिबार एकसाथ राजीनामा घोषणा गरेका हुन् । पार्टीलाई सिद्धान्त, पद्धति र विधिअनुसार चलाउन आग्रह गर्दा नेतृत्व तहबाट त्यसको पालना नभएको भन्दै नेताहरूले एकसाथ राजीनामा दिएको प्रवक्ता किरण गिरीले बताउनुभयो । प्रवक्ता गिरी स्वयम् पनि राजीनामा दिने सूचीमा हुनुहुन्छ ।

पार्टीका तीन जना अध्यक्षलाई सम्बोधन गरेर राजीनामा पेश गरिएको छ । राजिनामा दिने नेताहरू प्रायः सबै केन्द्रीय तहका नेताहरू हुनुहुन्छ । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका सुपुत्र सुनिलबहादुर थापा धनकुटा, विष्णुविक्रम थापा सिन्धुपाल्चोक, बाबुराम बस्नेत भोजपुर, वृजलाल यादव बारा, पदमबहादुर बस्नेत धनकुटा, आशाराम चौधरी कैलाली, किरण गिरी ९काठमाडौँ०, लगायत हुनुहुन्छ । पार्टी परित्यागको घोषणा गरेका नेताहरू आन्तरिक छलफलमा रहेकाले तत्काल नयाँ पार्टी जन्माउने कि कुनै विचार मिल्ने पार्टीमा प्रवेश गर्नेबारे छलफल भइरहेको प्रवक्ता गिरीले बताएको समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्