एजेन्सी, ११ साउन । उत्तर कोरियामा पहिलो कोरोना भाइरसका संक्रमित पत्ता लागेका छन् । उत्तर कोरियाको राष्ट्रिय समाचार एजेन्सी केसीएनएले आइतबार विहान कोरोना भाइरसको संक्रमित पत्ता लागेको पुष्टि गरेको हो ।
केसीएनएको रिपोर्ट अनुसार कोभिड १९ का संक्रमित व्यक्ति उत्तर कोरियामा गैरकानुनी तरिकाले प्रवेश गरेका हुन् । उनी १९ जुलाईमा केइसङ सिटीबाट उत्तर कोरिया प्रवेश गरेका हुन् ।
संक्रमित र उनको सम्पर्कमा आएका सबैलाई क्वारेन्टाइनमा राखिएको जनाइएको छ । उत्तर कोरियामा गैरकानुनी रुपमा प्रवेश गर्ने ती व्यक्तिबारे अनुसन्धान गरी कडा सजाय हुनसक्ने केसिएनले जनाएको छ । ती व्यक्तिले दक्षिण कोरियाका लागि देशद्रोह गरेको आरोप समेत लगाइएको छ ।
देशमा कोरोना संक्रमित भेटिएपछि उत्तर कोरियाली नेता किम जोङ उनले उच्च अधिकारीहरुसहित आकस्मिक बैठक डाकेका छन् । सिमामा कडाई गर्नेबारे समेत छलफल गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।-File Photo: Agency