काठमाडौं, ११ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सुदुरपश्चिम प्रदेशका सह ईन्चार्ज खगराज भट्टले आफू गुटभन्दापनि एकता, रुपान्तरण र समाजवादको पक्षमा रहेको स्पष्ट पारेका छन् । शनिबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको विशेष कुराकानीमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता भट्टले आफू कुनैपनि नेताको गुटमा नरहेको जिकिर गरेका हुन् । उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई आजको केपी ओली नेकपाले बनाएको बताए ।