Logo

कोरोना अस्पतालमा आरडिटी पोजेटिभ बृद्धको मृत्यु



वीरगन्ज, साउन ११ । वीरगन्जको गण्डकस्थित कोभिड अस्पतालमा आरडिटी पोजेटिभ देखिएका एक जना विमारीको मृत्यु भएको छ । वीरगन्ज १० आदर्शनगरका ६५ वर्षीय वृद्धको कोभिड अस्पतालको आइसोलेसनमा आईतबार बिहान मृत्यु भएको हो । स्थानिय व्यापारी रहेको मृतक लामो समयदेखि मुटु र मधुमेहसंग लड्दै आएका थिए ।

गत शनिबार मात्रै अस्पताल भएका उनीमा कारोनासंग मिल्दो जुल्दो लक्षण देखिएपछि उनको शंका लागेर स्वाब संकलन गरिएको थियो । संकलित स्वावको परिक्षणमा आरडिटी पोजेटिभ देखिएपनि पीसीआर परिक्षणको रिपोर्ट भने आएको छैन ।
जिल्लामा कोरोनाका कारण अहिलेसम्म ७ जनाको मृत्यु भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्