Logo

प्रहरी कर्मचारीलाई घुस दिन खोज्दा…



भक्तपुर, ११ साउन । प्रहरी कर्मचारीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने जीवन श्रेष्ठ शनिबार प्रक्राउ परेका छन् । मध्यपुर ठिमीको सानोठिमीस्थित सडकमा महानगरीय प्रहरी प्रभागबाट ड्युटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने मोरङ घर भई हाल सानोठिमी बस्ने श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

बा.९० प २२५० नम्बरको मोटरसाइकल जाँच गर्नेक्रममा मादक पदार्थ सेवन गरेका श्रेष्ठले प्रहरीलाई १ सय ४५ रुपैयाँ दिई प्रलोभनमा पार्ने खोजेपछि प्रहरीले उनलाई उक्त नगद र मोटरसाइकल सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्