Logo

गाँजा सहित पक्राउ



काठमाडौं, ११ साउन । अवैध लागूऔषध गाँजा सहित विनय प्रजा पक्राउ परेका छन् । चितवन, खैरहनी मिलिजुली टोलमा बस्दै आएका प्रजालाई १२ केजी २ सय ग्राम अवैध लागूऔषध गाँजासहित शनिबार प्रहरीले पक्राउ गरेको हो ।

गाँजा बिक्री वितरण भइरहेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीले उनको डेरा तलासी गर्दा उक्त गाँजा फेला पारी प्रजालाई पक्राउ गरेको जनाएको छ ।

त्यस्तै पर्सा बहुदरमाई बिश्रामपुरका धनिलाल कलवारको घरबाट ४५ केजी अवैध लागूऔषध गाँजा शनिबार प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा लुकाईछिपाई राखेको उक्त गाँजा फेला पारी ना.३२ प २६४७ नम्बरको मोटरसाइकल सहित बरामद गरेको हो । हाल सम्पर्कविहिन भएका धनिलालको प्रहरीले खोजी गरिरहेको बताएको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्