Logo

भगवान शिवको गलाको नागको रहस्य



भगवान शिवको गलामा टासिएको नाग देखेका छौ । आखिर कुन नाग थिए र यीनको उत्पत्ति कसरी भयो त्यसको बारेमा चर्चा गरौ ।

  • भगवान शिवको गलामा टासिएको नाग वासुकी हुन् ।
  • वासुकी नाग पिता ऋषि कश्यप र माता कद्रु थिइन् ।
  • वासुकी नागको ठुलो भाईको नाम शेष र अन्य भाईको नाम तक्षक, पिंगला र कर्कोटक आदी हुन् ।
  • शेष नाग विष्णुको सेवक वासुकी शिव को सेवक बनेका थिए । वासुकी भगवान शिवको परम भक्त थिए । वासुकीको भक्तिबाट प्रसन्न भएर भगवान शिवले आफ्नो गणमा सहभागी गराएका थिए ।
  • वासुकीको कैलाश पर्वतको नजिक राज्य थियो । वासुकी नागलोकको राजा मानिएका थिए ।
  • भगवान शिवको साथमा वासुकी नागको पनि पुजा गरीन्छ । यसैले नागपंचमीमा शेषनाग पछि वासुकी नागको पुजा गर्न जरुरी हुन्छ ।
  • समुन्द्र मन्थनको क्रममा वासुकी नागलाई डोरीको रुपमा पर्वतको चारैतिर कसेर मन्थन गरिएको थियो ।
  • वासुकीको कारण नाग जातीका मानिसहरुले सर्वप्रथम शिवलिंगको पुजा गर्ने प्रचलन शुरु गरेका थिए ।
  • वासुकीले कुन्तीको छोरा भीमलाई १० हात्ती बराबरको बल वरदान दिएका थिए । जब भीम दुर्योधनले विष पिलाएर गंगा नदीमा फ्याकिदिएर भीम परलोक नागलोकमा पुगेका थिए ।
  • वासुकीको शिरमा नागमणी हुन्छ । जब भगवान श्री कृष्णलाई वासुदेवले जेलबाट चुपचाप गोकुल पु¥याएका थिए । उक्त समयमा बेस्सरी वर्षा भएको थियो । त्यति ठुलो वर्षामा वासुकीले श्री कृष्णको रक्षा गरिदिएका थिए ।


प्रतिक्रिया दिनुहोस्