Logo

चोलेन्द्र शमशेरले अपराधको ढाकछोप गरेर फैसला गर्नुभएको छ, पदमा बस्ने अधिकार छैन- पूर्व प्रधानन्यायाधीश पराजुली (भिडियोसहित)



काठमाडौं, १२ साउन । प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबराले रञ्जन कोइरालाको मामलामा अपराधको ढाकछोप गरी फैसला गरेको आरोप लगाउँदै पूर्व प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । उनले प्रधानन्यायाधीश जबरासँग एकछिन पनि पदमा बस्ने अधिकार नभएको टिप्पणी गरेका छन् ।

‘चालेन्द्र शमशेरले अपराधको ढाकछोप गरी फैसला गर्नुभएको छ,’ ऋषि धमलासँग प्राइम टाइम टेलिभिजनमा पूर्व प्रधानन्यायाधीश जबराले भने, ‘उहाँलाई एकछिन पनि सर्वोच्च अदालतमा बस्ने अधिकार छैन ।’ प्रधानन्यायाधीश जबराप्रति कडा रुपमा प्रस्तुत भएका पराजुलीले उनलाई पदमा राखिरहनु अदालतमा धावा बोल्ने हो भने । उनले भने, ‘यस्तो मान्छेलाई न्यायालयमा राखिरहनु भनेको स्वतन्त्र न्यायालयमाथि धावा बोल्नु हो ।’
प्रधानन्यायाधीश जबरासहित न्यायाधीश तेजबहादुर केसीको इजलाशले पत्नी हत्याका दोषी पूर्व डिआइजी रञ्जन कोइरालाको सजाय घटाएको फैसलाको सर्वत्र आलोचना भइरहँदा पूर्व प्रधानन्यायाधीश पराजुलीको पछिल्लो भनाई सार्वजनिक भएको हो ।

पराजुलीले प्रधानन्यायाधीश जबरामाथि न्यायिक विचलनमा परेको आरोप लगाए । उनी विगतमा न्यायिक टिप्पणी भए राजीनामासम्मको अवस्थामा पुगेको स्मरण गराए । उनीसँगै न्यायिक टिप्पणीमा परेका कोमलनाथ शर्माले राजीनामा दिनुपरेको र भुपध्वज अधिकारी बढुवा भएर बढ्न नसकेको स्मरण गराउँदै केही पूर्व न्यायाधीशहरुसँग गठबन्धन गरेर कुर्सी जोगाएको उल्लेख गरे ।

जबराले अदालतमा हड्ताल समेत गराएर पद्धति, प्रणालीहरु बिगारेको आरोप लगाए । उनले भने, ‘साजिसपूर्ण ढंगबाट काम गर्ने, धम्की दिएर विवश पारेर धम्क्याउने गरेको प्रवृत्ति चोलेन्द्र शमशेरमा छ ।’ सबै न्यायाधीशलाई त्राही त्राही पारेको आरोप समेत लगाए । प्रधानन्यायाधीशले सीडीओको शैलीमा काम गर्दा न्यायाधीशले स्वतन्त्र रुपमा काम गर्न नपाएको उनको टिप्पणी थियो ।



प्रतिक्रिया दिनुहोस्