Logo

श्रीराम सुगर मिल्स स्थायी रुपमा बन्द गरिने



काठमाडौँ १२ साउन: श्रीराम सुगर मिल्स स्थायी रुपमा बन्द गरिने भएको छ। दुई दशकभन्दा पहिला रौतहट जिल्लामा स्थापना भएको यस मिल साउन ११ गतेदेखि स्थायी रुपमा बन्द गर्ने कम्पनीको व्यवस्थापनले निर्णय गरेको हो।

शुरुका केही वर्षहरुमा चिनी उद्योग राम्रैसँग सञ्चालनमा आएको भएता पनि विगत लामो समयदेखि घाटामा संचालन हुँदै आएको थियो। उद्योगलाई टिकाई राख्न कम्पनीका सञ्चालकहरुले करोडौँ लगानी गरेर भएपनि जोगाउन प्रयास गर्दागर्दै पनि विविध कारणले गर्दा कम्पनीको वार्षिक घाटा झन्झन् बढ्दै गएको थियो। घाटा बढ्दै गएपनि कम्पनीले उखु कृषकहरुको रकम समेत समयमा भुक्तानी गर्न सकेको छैन।

आर्थिक वर्ष २०७५/७६ सम्ममा कम्पनीले कुल २ अर्ब १७ करोड ७५ लाख ५८ हजार रुपैयाँ घाटा व्यहोरेको छ। यस्तो कमजोर आर्थिक अवस्था र पूँजीको अभावको कारण व्यवस्थापन पक्षले विगत चार महिनादेखि श्रमिकहरुको पारिश्रमिक समेत भुक्तानी गर्न नसकेको कम्पनीले बताएको छ।

उद्योग बन्द भएपश्चात उद्योगमा कार्यरक श्रमिक, कर्मचारीहरुलाई बाँकी रहेको तलब, भत्ता र अन्य सुविधाको रकम उद्योगको नाममा रहेको चलअचल सम्पत्त िबिक्री गरि भुक्तानी गर्दै जाने उद्योगले बताएको छ।

मेरोलागानी



प्रतिक्रिया दिनुहोस्