Logo

गोकुल बाँस्कोटाको टिप्पणी : ‘ढाडमा टेकेर टाउकोमा हान्ने नीतिको युग सकियो’



काठमाडौं, १२ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य, सांसद तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले ढाडमा टेकेर टाउकोमा हान्ने नीतिको युग सकिएको बताएका छन् । पार्टीभित्र आन्तरिक विवाद उत्कर्षमा पुगिरहेको बेलामा बाँस्कोटाको यस्तो भनाई आएको हो । उनले ढाडमा टेकेर टाउकोमा हान्ने नीति जारी राख् पहिला ढाड थाप्नेहरुको संख्या र ढाड मजबुतिपन छाम्नु बेस हुने पनि तर्क गरेका छन् ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अर्का अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधव कुमार नेपाल समूहले बहुमतको डण्डा चलाउने चेतावनी दिएको अवस्थामा ओलीनिकट नेता बाँस्कोटाको यस्तो भनाई बाहिर आएको हो । सामाजिक सञ्जाल ट्विटरमार्फत बाँस्कोटाले लेखेका छन्,’ढाडमा टेकेर टाउकाेमा हान्ने नीतिकाे युग सकियाे।यदि जारी राख्ने हाे भने पहिला ढाड थाप्नेहरुकाे सङ्ख्या र ढाडकाे मजबुतिपन छाम्नु बेस हाेला।नत्र ढाड भाच्चिएर आफुले बाेकेकाे घन आफ्नै टाउकाेमा बजारिएला।अरु त के हुन्छ र ।’ file photo



प्रतिक्रिया दिनुहोस्