काठमाडौं, साउन १३ । । भारतबाहेक अन्य मुलुकमा आपतमा परेका झन्डै ३५ हजार नेपालीको उद्धार गरिएको छ । साउन १० गतेसम्मको तथ्याक अनुसार ३५ हजार नेपालीको उद्धार गरी स्वदेश फर्काइएको जनाइएको छ ।
त्यसैगरी विदेशमा निधन भएका २२१ भन्दा बढी नेपालीको शव ल्याएर आफन्तलाई जिम्मा लगाइएको कोभिड–१९ संकट व्यवस्थापन समितिले जनाएको छ ।
नेपाल सरकार, कूटनीतिक निकाय र गैरआवासीय नेपाली संघको पहलमा विभिन्न २३ मुलुकमा अलपत्र परेका, भिसाको समय सकिएका, आफन्त भेटघाटमा गई उतै रोकिएका र अन्य विविध कारणले समस्यामा परेका नेपालीको उद्धार गरिएको आजको गोरखापत्र दैनिकमा खवर छ ।