Logo

सोती घटनाको प्रतिवेदन प्रधानमन्त्री कार्यालय पठाइयो



काठमाडौं,साउन १३ । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा भएको सामूहिक हत्या घटनाका सम्बन्धमा संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पठाइएको छ ।

संधियसंसद्का महासचिव डा भरतराज गौतमका तर्फबाट सरकारका मुख्य सचिवलाई सम्बोधन गरेर प्रतिवेदन सहितको पत्र पठाइएको हो । सिफारिस कार्यान्वयन गर्न प्रतिवेदन पठाइएको हो ।

अधिवेशन नचलेको अवस्था रहे पनि शीघ्र कार्यान्वयन आवश्यक रहेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाको निर्देशनअनुसार प्रतिवेदन पठाइएको हो । सचिवालयले गरेको पत्राचारमा भनिएको छ, “प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यूसमक्ष मिति ०७७/०३/३० गते पेस गरेको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि सम्माननीय सभामुखज्यूको आदेशानुसार पठाइएको व्यहोरा अनुरोध गर्दछु ।

” असार ३० गते छानबिन समिति संयोजक देवेन्द्र पौडेलले सभामुखसमक्ष प्रतिवेदन हस्तान्तरण गरेका थिए । जेठ २६ गते बसेको प्रतिनिधि सभा बैठकले घटना अनुसन्धानका लागि पौडेलको संयोजकत्वमा नौ सदस्यीय संसदीय विशेष समिति गठन गरेको थियो । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्