Logo

राणामाथि महाअभियोग ?



काठमाडौं, १३ साउन ।  कुनैबेला न्यायिक टिप्पणी भएर राजीनामासम्मको अवस्थामा पुगेका चोलेन्द्रशम्शेर जबराको प्रधानन्यायाधीश पदसम्मको आरोहरण संसारमा कहीं नभएको घटना थियो । पूर्व प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको भनाइलाई आधार मान्ने हो भने न्यायिक टिप्पणीमा परेको व्यक्ति विश्वको कुनै पनि देशमा प्रधानन्यायाधीश बनेको इतिहास छैन । सर्वोच्च अदालतको न्यायाधीश नियुक्त हुँदा पनि संसदीय सुनुवाइमा सत्तारुढ दलका सांसदहरुले राणाको विरुद्ध मत जाहेर गरेका थिए । तर, केपी शर्मा ओली प्रधानमन्त्री भइसकेपछि तिनै राणालाई प्रधानन्यायाधीश नियुक्त गरे । ओलीले सुनपानी छर्केर प्रधानन्यायाधीश नियुक्त गरेका राणाले नेपालको न्यायिक इतिहासमै गलत नजिर स्थापित गर्ने गरी हालै एउटा फैसला गरे, जसले सर्वोच्च अदालतको साख गिरेको भनी स्वयं पूर्व प्रधानन्यायाधीशहरु भन्न थालेका छन् । पूर्वप्रधानन्याधीश पराजुलीले प्रधानन्यायाधीश राणाले अपराधको ढाकछोप गरेर फैसला गरेको टिप्पणी गर्दै एकछिन पनि सर्वोच्च अदालतको सर्वोच्च पदमा बस्ने अधिकार राणालाई नभएको बताएका छन् ।

काठमाडौं, १३ साउन ।  कुनैबेला न्यायिक टिप्पणी भएर राजीनामासम्मको अवस्थामा पुगेका चोलेन्द्रशम्शेर जबराको प्रधानन्यायाधीश पदसम्मको आरोहरण संसारमा कहीं नभएको घटना थियो । पूर्व प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको भनाइलाई आधार मान्ने हो भने न्यायिक टिप्पणीमा परेको व्यक्ति विश्वको कुनै पनि देशमा प्रधानन्यायाधीश बनेको इतिहास छैन । सर्वोच्च अदालतको न्यायाधीश नियुक्त हुँदा पनि संसदीय सुनुवाइमा सत्तारुढ दलका सांसदहरुले राणाको विरुद्ध मत जाहेर गरेका थिए । तर, केपी शर्मा ओली प्रधानमन्त्री भइसकेपछि तिनै राणालाई प्रधानन्यायाधीश नियुक्त गरे । ओलीले सुनपानी छर्केर प्रधानन्यायाधीश नियुक्त गरेका राणाले नेपालको न्यायिक इतिहासमै गलत नजिर स्थापित गर्ने गरी हालै एउटा फैसला गरे, जसले सर्वोच्च अदालतको साख गिरेको भनी स्वयं पूर्व प्रधानन्यायाधीशहरु भन्न थालेका छन् । पूर्वप्रधानन्याधीश पराजुलीले प्रधानन्यायाधीश राणाले अपराधको ढाकछोप गरेर फैसला गरेको टिप्पणी गर्दै एकछिन पनि सर्वोच्च अदालतको सर्वोच्च पदमा बस्ने अधिकार राणालाई नभएको बताएका छन् ।-दृष्टिबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot