Logo

बालिकामाथि बाबुले गरे बलात्कार, रक्तश्रावपछि आफै पुर्याए अस्पताल



एजेन्सी, १३ साउन । छ वर्षीया बालिकाको यौनीबाट अत्याधिक रक्तश्रावपछि बाबुआमाले अस्पताल लगे । बालिकाले लठ्ठीसँग खेल्दा यौनीमा दुर्घटनाबस चोट लागेर रक्तश्राव भएको बताइयो ।

तर, चेकजाँचका क्रममा कर्तुत खुल्यो । चिकित्सकले पत्याएनन् । अनुसन्धान भयो । बालिकालाई धेरैबेर फकाएर सोधेपछि थाहा भयो कि उनलाई आफ्नै बाबुले बलात्कार गरेका रहेछन् ।

आमाले पनि बाबुलाई प्रहरी कारबाहीबाट बचाउन ढाँटेकी रहिछन् । अत्याधिक रक्तश्रावका कारण ज्यानै जाने खतरा भएपछि मात्र अस्पताल लगिएको रहेछ ।

यो घटना केन्यामा भएको हो । त्यहाँको होला रिफरल अस्पतालमा बालिका पुर्याइएकी थिइन् । अस्पताल पुर्याउँदासम्म उनको अत्याधिक रगत बगिसकेको थियो । ४० कटेका पुरुष पक्राउ परेका छन् ।-File Photo: National Media Group



प्रतिक्रिया दिनुहोस्