Logo

१६ सुरक्षाकर्मी, एक एम्बुलेन्स चालकसहित २५ जनामा सङ्क्रमण



स्याङ्जा, १४ साउन । कोरोना भाइरसको सङ्क्रमण सामान्य बन्दै जाँदा समुदायमा थपिनेको सङ्ख्या बढेको छ । मङ्गलबार स्याङ्जाका थप २५ जनामा सङ्क्रमण थपिँदा १९ जना समुदायका रहेका छन् । थप सङ्क्रमितमा दुई महिलासहित १६ जना जिल्ला प्रहरी कार्यालयका सुरक्षाकर्मी रहेका छन् भने एक जना २८ महिनाको सुरक्षाकर्मीको बच्चा सङ्क्रमित बनेको छ ।

यस्तै, प्रहरी कार्यालयका हिरासतको एक जना रहेका छन् भने दुई जना पुतलीबजारको क्वारेन्टाइनमा बसेका रहेका छन् । अर्जुन चौपारीमा चार जना सङ्क्रमित हुँदा एक जना एम्बुलेन्स चालक रहेका छन् भने तीन जना भारतबाट आएर क्वारेन्टाइनमा बसेका रहेको जिल्ला स्वाास्थ्य कार्यालयका प्रमुख यामप्रसाद शर्माले जानकारी दिनुभयो ।

एक जना वालिङ नगरपालिकाका भारतबाट आएर क्वारेन्टाइनमा बसका युवा रहेका छन् । थप सङ्क्रमित भेटिएसँगै स्याङ्जामा २४३ जना सङ्क्रमितको सङ्ख्या पुगेको छ भने सुरक्षाकर्मी मात्र ३७ जना रहेका छन् । यहाँ सङक्रमितमध्ये १८८ जना निको भएर घर फर्केका समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्