Logo

आजको मौसम: भारी बर्षाको सम्भावना



काठमाडौं, साउन १४ । अरब सागरबाट जलवायुयुक्त वाष्पकणको आगमन भइरहेकाले देशभर मनसुन फेरि सक्रिय भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार न्यून चापीय रेखा सोमबारदेखि तराई भूभाग नजिक आएसँगै देशभर वर्षाको उच्च जोखिम बढ्दै समेत गएको छ ।

देशभर मनसुनी वायुको प्रभाव समेत बढ्दै गएको र नेपालको तराई भू(भाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित रहेकाले आज देशका पूर्र्वी तथा मध्य भूभागमा हल्कादेखि भारी वर्षा हुने जनाइएको छ ।

भारी वर्षा हुने स्थानमा बाढी र पहिरोको जोखिम हुने भएकाले सतर्कता अपनाउन विभागले अपिल गरेको छ । अन्यत्र पनि बाढी र डुबानको खतरा रहने विभागले जनाएको छ ।

मंगलबार देशभरका अधिकांश ठाउँमा बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरै स्थानहरुमा मेग गर्जनर चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। आज गण्डकी, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा र प्रदेश १, प्रदेश २, बागमती प्रदेश र कर्णाली प्रदेशका एकर दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

त्यस्तै रातीसम्म देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेग गर्जनर चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा र प्रदेश २, बाग्मती, कर्णाली प्रदेशका एकर दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
भारी बर्षासंगै गण्डकी, कर्णाली, सुदूरपश्चिम र मध्यपहाडी भेग भई बग्ने नदीमा जल सतह उच्च हुनेछ । केहीमा सतर्कता तह आसपास पुग्ने जनाइएको छ । त्यस्तै प्रदेश १ र बाग्मती प्रदेशको पहाडी भूभाग भएर बग्ने नदीमा बहाव बढ्नेछ ।



प्रतिक्रिया दिनुहोस्