Logo

एनटिसीको टप अप गर्नको लागि यु.एस.एस.डी कोड *412# प्रयोग गर्न सकिने



काठमाडौं, १४ साउन । नेपाल टेलिकमका विभिन्न सेवाहरुको त्यउ ग्उ (रिचार्ज) गर्नका लागि USSD Code *412# प्रयोग गर्न सकिने भएको छ । कम्पनीको जिएसएम मोबाइलबाट *412# डायल गर्दा रिचार्ज गर्नुपर्ने विभिन्न सेवाहरु मेनुमा देखिन्छ । त्यसपछि त्यहाँ उल्लिखित सेवाहरु नम्बर अनुसार छनौट गरी रिचार्ज गर्न सकिन्छ । यो सुविधाबाट आफ्नो मात्र नभई अन्य जुनसुकै नम्बरमा समेत रिचार्ज कार्ड प्रयोग गरी रिचार्ज गर्न पनि सकिन्छ ।

कम्पनीले उपलब्ध गराएका जीएसएम सेवा, सीडीएमए सेवा, ल्यान्डलाइन फोन सेवा, एफटीटीएच भ्वाइस सेवा, एफटीटीएच डाटा सेवा, एडीएसएल सेवा, वाइम्याक्स सेवा र सिप (SIP)सेवाहरुको Top Up (रिचार्ज) USSD Code प्रयोग गरी सहज रुपमा गर्न सकिन्छ ।

त्यसैगरी नयाँ सिम Activate गर्न हाल १४१५ मा कल गरी First Call Activation (FCA) ० गर्दै आएकोमा ग्राहकको थप सुविधाका लागि कम्पनीले *1414# डायल गरी FCA गर्न सकिने व्यवस्था मिलाएको छ ।

नेपाल टेलिकम एप र कम्पनीको वेबसाइट (www.ntc.net.np) मार्फतTop Up (रिचार्ज) गर्ने गरिएकोमा हाल उपलब्ध गराइएको नयाँ सुविधाबाट कम्पनीका अन्य सेवाको Top Up (रिचार्ज) समेत थप सहज रुपले गर्न सकिने अपेक्षा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्