Logo

निजी अस्पतालमा कोरोना संक्रमितको उपचार खर्च सरकारले व्यहोर्ने (विवरणसहित)



काठमाडौ, १४ साउन । कोरोना भाइरसका शंकास्पद व्यक्तिको निगरानी देखि बिरामीको उपचार गराए बापत व्यक्ति, सस्था वा अस्पताललाई अनुदान स्वरुप सरकारले पैसा दिने भएको छ । आज स्वास्थ्य तथा जनसख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन् ।

संक्रमण भई घरमै आइशोलेशनमा बस्नेलाई चिकित्सकको निगरानीलाई प्रतिव्यक्ति प्रतिदिन २ सय रुपैयाँ दिने र अति जतिल कोरोना संक्रमितको उपचारको लागि प्रति व्यक्ति प्रति दिन १५ हजार दिने बारे गौतमले जानकारी दिएका हुन् ।  बुधवार कोरोना संक्रमितको सख्या २ सय १० जना थपिएका छन् । योसँगै संक्रमितको सख्या १९ हजार २ सय ७३ पुगेको छ ।

व्यक्ति, सस्था वा अस्पतालले पाउने अनुदानको (विवरण सहित)

लक्षण देखिएका र शंकास्पद व्यक्तिको घरमा नै चिकित्सकको निगरानी खर्च प्रतिव्यक्ति प्रतिदिन -रु २००
आइशोलेशनमा बस्ने प्रतिव्यक्ति प्रतिदिन सम्बन्धित सस्था -रु २०००
सामान्य लक्षण भएका जेष्ठ नागरिक र दिर्घ रोगीलाई प्रतिव्यक्ति प्रतिदिन -रु ३५००
मध्यम तथा जटिल बिरामीका लक्षण देखिएका प्रतिव्यक्ति प्रतिदिन -रु ७०००
अति जटिल बिरामीको व्यस्थापन गर्दा प्रतिव्यक्ति प्रतिदिन अस्पताल- १५०००



प्रतिक्रिया दिनुहोस्