Logo

उपत्यकामा १४ जना संक्रमित थपिए, कुल संक्रमितमध्ये ७२.८ प्रतिशतले कोरोना परास्त गर्न सफल



काठमाडौँ १४ साउन : आज (बुधबार) काठमाडौंका १४ जना र भक्तपुरका १ जनासहित नेपालमा २१० जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मुलुकभर कोरोना संक्रमणको कुल संख्या १९ हजार २७६ रहेको छ। त्यसमध्ये संक्रमण सक्रिय पाँच हजार २०३ जनामा छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना परास्त गर्ने व्यक्तिको संख्या १४६ रहेको छ । यससंगै कोरोना परास्त गर्ने व्यक्तिको कुल संख्या १४ हजार २१ जना रहेका छन् । नेपालमा कुल संक्रमितमध्ये ७२.८ प्रतिशतले कोरोना परास्त गर्न सफल भएका छन्।



प्रतिक्रिया दिनुहोस्