Logo

बुधबार पर्सामा ५१ सङ्क्रमित थपिएः स्वास्थ्यकर्मी, सेना, प्रहरी र कैदीबन्दीमा पनि



वीरगञ्ज, १५ साउन । बुधबार साँझ १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार साँझ थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै बुधबार एकैदिन पर्सामा ५१ जना सङ्क्रमित थपिएका हुन् ।

नारायणी अस्पतालका मेडिकल सुपरिन्डेन्टेन्ट मदन उपाध्यायका अनुसार बुधबार साँझ नारायणी अस्पतालका चार स्वास्थ्यकर्मीसहित १७ जना सङ्क्रमित फेला परेका र यसअघि बुधबार बिहान सेना, प्रहरी र कैदीबन्दीसहित ३४ जना कोरोना सङ्क्रमित फेला परेका थिए । यसरी बिहान र बेलुकी गरी बुधबार ५१ जनामा कोरोना सङ्क्रमण देखिएको हो ।

साँझ पुष्टि भएका सङ्क्रमितहरूमा नारायणी अस्पतालका एक जना चिकित्सक, दुई जना नर्स र एक जना अहेब गरी चार जना स्वास्थ्यकर्मी, वीरगञ्ज महानगरपालिका वडा नं। २५ का चार जना, वडा नं। १२ का तीन जना, वडा नं। ५ का दुई जना, वडा नं। ४ का एक जना, वडा नं। ३ का एक जना, पर्साकै छिपहरमाई गाँउपालिका(२, टिहुकीका एक जना र नारायणी अस्पतालकै सङ्क्रमित कर्मचारीकी एक जना छोरी रहेका छन् ।

बिहान पुष्टि भएका सङ्क्रमितहरूमा नेपाली सेनाका एक जना, नेपाल प्रहरीका तीन जना, वीरगञ्ज कारागारका कैदीबन्दी छ जना, वीरगञ्ज कारागारकै कर्मचारी दुई जना, स्वास्थ्यकर्मी एक जना र पैसा तिरेर पीसीआर परीक्षण गराएकामध्ये एक जनालगायत ३४ जना रहेका छन् । जसमा वीरगञ्ज वडा नं। १५ का आठ जना, वडा न ४ का ११ जना, वडा नं। ५ का तीन जना, वडा नं। २५ का तीन जना, वडा न ९ , ११ , १२ , ३२ का एकरएक१ जना, वडा न १० आदर्शनगरका दुई जना र हरैयाका एक जनालगायत ३४ जना सङ्क्रमित रहेका छन् ।

बुधबार साँझ १७ जना सङ्क्रमण पुष्टि भएसँगै पर्सा जिल्लाका हालसम्म सङ्क्रमितको सङ्ख्या ३२४ पुगेको जिल्ला स्वास्थ्य कार्यालय, पर्साका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिएको खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्