Logo

आज यी स्थानमा छ भारी वर्षाको सम्भावना



काठमाडौं, साउन १५ । मनसुनी न्यून चापीय रेखाले गराएको वर्षा नेपालको पश्चिम क्षेत्रमा केन्द्रित भएको छ । सोही कारण नेपालको पश्चिमी भेगमा बढी वर्षा भएकाले त्यस क्षेत्रमा बाढी, पहिरो र डुबानका घटना बढ्दो छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार विहिबार पश्चिम भेग र तराईका भेगका केही स्थानमा भारी वर्षा हुने जनाइएको छ । सक्रिय मनसुनका कारण पश्चिमका मुख्य तथा सहायक नदीमा बहाव उच्च रहने भएकाले सर्तकता अपनाउन समेत विभागले आग्रह गरेको छ ।

यसैगरी, आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जारी गरेको पूर्वानुमानमा उल्लेख छ । यस्तै, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा र प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने जनाइएको छ ।

यस्तै, आज राति देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने बागमती प्रदेश,गण्डकी प्रदेश र प्रदेश १ का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्