काठमाडौं, १५ साउन । रामेछापको खाँडादेवी गाँउपालिकाले जुन प्रयोजनमा जग्गा लिएको हो सोहीअनुसार काम नगरेको भन्दै जग्गादाता तथा स्थानीयवासीहरुले जग्गा लिँदाको प्रयोजनअनुसार काम गरिनुपर्ने माग राखेका छन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालमा खाँडादेवी गाउँपालिका अनियमितता संघर्ष समितिले पत्रकार सम्मेलन गर्दै यस्तो माग गरेको हो । उक्त गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङ र ६ नम्बर वडाका अध्यक्षसमेत रहेका गाउँपालिकाका प्रवक्ता पुष्कर कार्कीले एकलौटी रुपमा जुन प्रयोजनको लागि जग्गा लिएको हो सोअनुसार काम नगरेको स्थानीयवासीहरुको आरोप छ ।
उक्त गाउँपालिकाको चोप्राङमा ईलाका प्रहरी कार्यालय भवन निर्माणको लागि स्थानीयवासिन्दाले चार रोपनी तीन पैसा जग्गा दानपत्र गरेको र भवन निर्माणको लागि बोलपत्र आह्वान भएर ठेक्का पर्दा र निर्माण कार्य अघि बढाउने बेलामा पालिकाका प्रवक्तासमेत रहेका वडाअध्यक्ष पुष्कर कार्कीले काम नै गर्न नदिएको पनि उनीहरुको आरोप छ । जग्गादाताहरु शान्ता कार्की र बिन्दा कार्कीको परिवारलाई वडाअध्यक्ष र पालिकाका अध्यक्षले आफ्नो पार्टीमा प्रवेश गर्न दबाब दिएको तर जग्गादाताहरुले उनीहरुको राजनीतिक दबाब अस्विकार गर्दा भवन निर्माणमा बाधा सिर्जना गरिएको बताईएको छ । पालिकाका अध्यक्ष तामाङ र वडा नम्बर ६ का अध्यक्ष कार्की दुवै जना सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थानीय नेता हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै समाजसेवीसमेत रहेका नारायण कार्कीले आफूहरुले ईलाका प्रहरी कार्यालय निर्माणको लागि जग्गा दान गरिसकेकोले उक्त जग्गामा यथाशक्य चाँडो भवन बनाईनुपर्ने माग गरे । उनले भने,‘यदि भवन निर्माण नगरेर बसिन्छ भने हामी गाउँपालिकाको विरुद्धमा कानूनी प्रक्रियामा जान्छौं ।
त्यस्तै, जग्गादाता परिवारकै सदस्य डोरबहादुर कार्कीले पालिकाले राजनीतिक पूर्वाग्रह राखेर सामाजिक कार्यमासमेत अवरोध गरेको गुनासो पोखे । पालिकाले यसैगरि राजनीति पूर्वाग्रह राखेर उक्त जग्गा लिँदाको प्रयोजनअनुसार काम नगरे आफूहरुपनि प्रतिकारमा उत्रिने चेतावनी दिए । उनले पालिकाको कार्यालयमै तालाबन्दी गरिने चेतावनी दिएका छन् ।
उक्त गाउँपालिकाले ईलाका प्रहरी कार्यालय भवन निर्माणको लागि मात्रै नभएर पालिका प्रयोजनको लागि स्थानीयवासीहरुबाट पन्ध्र रोपनी दानपत्र लिएको जनाईएको छ । दानपत्रमा स्थानीयवासीहरुसँग जग्गा लिएपनि गाउँपालिकाका पदाधिकारीहरुले अहिलेसम्म उक्त जग्गा प्रयोग नगरेको बरु सार्वजनिक जमिन (जंगल) मा अस्थायी संरचना बनाइको उनीहरुको भनाई छ ।
पन्ध्र रोपनी जग्गा दान गर्नेहरुमा बालकृष्ण खत्री, रुद्र बहादुर खड्का, खड्गबहादुर खत्री, शंकर कार्की, लक्ष्मण केसी, पूर्ण बहादुर केसी, तुलबिक्रम खत्री, मोहन केसी, सुरेन्द्र केसी, झप्पडबहादुर खत्री, खुमबहादुर खत्री, विश्वराम खत्री, केदार राउत, चित्रबहादुर राउत र गोपाल राउत रहेका छन् ।
पत्रकार सम्मेलनमा उनीहरुले आफूहरुले दान गरेको जग्गामा जे प्रयोजनमा जग्गा लिईएको थियो त्यही प्रयोजनको काम हुनुपर्नेमा जोड दिएका थिए । गाउँपालिकाले दान गरिएको जग्गाभन्दा लगभग पाँच सय मिटर टाढा लगेर खानेपानीको ट्यांकी बनाएकोमा उनीहरुको गुनासो छ । आफूहरुले दान गरेको जग्गामै पालिकाका आवश्यक संरचना नबनाईए स्थानीयवासीहरुले गाउपालिकाविरुद्ध कडाभन्दा कडा संघर्ष गर्नेपनि उनीहरुको चेतावनी छ ।
तर, गाउँपालिकाले स्थानीयवासीले दिएको जग्गामा कुनै संरचना नबनाउनेगरि बद्मासी गरिरहेको पनि उनीहरुले आरोप लगाए । गाउँपालिकाका अध्यक्ष तामाङ र वडा नम्बर ६ का अध्यक्ष पुष्कर कार्कीको रोहवरमा श्री लक्ष्मण साईबारी उपभोक्ता सामूदायिक वनबाट ४० रोपनी जग्गा अस्पताल निर्माण गर्ने प्रयोजनमा लिएको (हाल सम्याईएको छ) र उक्त जग्गामा अस्पताल पनि निर्माण नगरी अर्कै वडामा लगेर अस्पताल निर्माण कार्य सुरु गरेको उनीहरुको आरोप छ ।
संघर्ष समितिका संयोजक रोज मोक्तानले गाउँपालिकाले जुन प्रयोजनको लागि जग्गा लिएको हो सोहीअनुसार काम गर्नुपर्नेमा जोड दिए । उनले भने,‘वडा र गाउँपालिकाले दिएको सिफारिशअनुसारको प्रयोजनको लागि भवन निर्माण गरिनुपर्छ । यदि गाउँपालिकाले त्यसो नगरी आफूखुशी गर्छ भने हामी प्रतिकारमा उत्रिन्छौं ।’ पत्रकार सम्मेलनमा लोकबहादुर मगर, विश्वराम केसी, चन्द्रबहादुर मगर, उमेश भण्डारी, तेजबहादुर घिसिङ, केशव केसी, सफल केसी र ज्ञानबहादुर बुढाथोकीलगायतले पनि गाउँपालिकाले जुन प्रयोजनको लागि जग्गा लिएको छ सोहीअनुसार काम गर्नुपर्नेमा जोड दिएका थिए ।
खाँडादेवी गाँउपालिकाको अनियमितता
मितिस् १५र०४र२०७७
नेपालमा संघिय गणतन्त्रको लागि सर्बदलिय निर्णयपश्चात स्थानिय तहको केन्द्र तोकि स्थानिय निर्वाचन भएको व्यहोरा सर्वविदितै छ । तत्पश्चात स्थानिय तहका निर्बाचित सरकारले कार्यपालिकाको निर्णय मान्दै स्थानिय तहको केन्द्र विचलित बनाई विगतको सर्वदलिय निर्णय भंग गर्दै गएको महशुस हामी रामेछाप जिल्ला प्रदेश ‘ख’ खाँडादेवी गाँउपालिका निवासी जनमानसहरुमा पर्न गएको व्यहोरासहित जानकारी गराउँदछौ।
खाँडादेवी गाँउपालिकाको सुचनाअनुरूप हामी खाँडादेवी गाँउपालिकावासी खाँडादेवी गाँउपालिका केन्द्र कार्यालय बनाउन सुचित जग्गाको आसपासमा रहेको जग्गा दाता भेला भई स्थानिय जनप्रतिनिधिहरुको रोहवरमा १५ (पन्ध्र) रोपनी जग्गा खाँडादेवी गाँउपालिकाको नाममा हस्तान्तरण गरेको साथै ईलाका प्रहरी कार्यालय भवन निर्माण प्रयोजनको लागी वडा अध्यक्ष श्री पुष्कर कार्कीको मिति २०७५–०९–२४ गते सिफारिस अनुसार बिन्दा कार्की र शान्ता कार्कीको नाममा रहेको ४–०–३–० रोपनि जग्गा दानपत्र गरिएको र हालसम्म सो दानपत्र गरी लिएको जग्गामा कार्यालय भवन निर्माणको लागी खानि निर्माण सेवा प्रा. लि. ले मिति २०७६।०३।२५ गते ठेक्का नं 3/STATE/RMCP/PRT/CPRNG/TKPR/BMT/DRMB/ 2075/076-01 को सम्झौता भई मिति २०७६।०३।२५ गते सो खानी निर्माण सेवा प्रा.लि का प्रतिनिधि श्रीमान दिपेन्द्र कुमार कार्कीलाई अख्तियारी प्रदान गरि मिति २०७५र०३र२५ गते नै मोबिलाइजेसन पेस्की माग गरि पेस्की लिएर रामेछापको ५ वटा इलाका प्रहरी कार्यालय भवन मध्ये ४ वटा स्थानमा निर्माण कार्य सुरु गरिएको तर इलाका प्रहरी कार्यालय चोप्राङको लागि रद्ध गराउने र जग्गा दातालाई विभिन्न प्रस्तावहरु राखी जग्गा फिर्ता गर तेरो जग्गामा बन्दैन भनि प्रदेश ‘०३’ का अर्थ मन्त्रि श्री कैलाश प्रसाद ढुंगेल, खाँडादेवी गाँउपालिका प्रमुख श्री प्रेम बहादुर तामांङ र वडा नं.६ का अध्यक्ष श्री पुस्कर कार्कीले विभिन्न सर्तहरु राखी सताउने जस्ता कृयाकलाप गर्दै आएकोले हामी जग्गा दाताहरु अन्योलमा भै हामीले दान गरिएको जग्गामा थाई संरचना नबनाइ पुनः निर्माणले भूकम्प पश्चात आर.सि.सि. भवनहरु इजाजत नदिएको ठाउमा पालिकाले आर.सि.सि. भवनहरु निर्माण गरी अनउपयुक्त जग्गामा निवास भवन र कार्यलयहरु अस्थायी बन्दै गएकोले हामी खाँडादेवी गाँउपालिका निवासि जनमानिसहरु स्थानिय सरकारको निर्णय प्रति निराश हुदै कानुनि उपचारको खोजिमा जानु पर्ने बाध्यता देखि यहाँहरु समक्ष्य ध्यान आकर्शन गराउन चाहान्छौ।
खाँडादेवी गाँउपालिकाको सन्दर्भमा हामी जनताहरुमा कुनै छलफल नचलाई श्री लक्ष्मण साइवारी सामुदायिक वन फँडानी गरी हामी स्थानीय बासिहरुले भोग चलन गर्दै आएको वनलाई वेवास्था गरी पालिकाको संरचना बनाई सरकारको निर्णयलाई समर्थन गर्दै जाँदा यति हद सम्म हामीलाई अधिकार विहिन बनाउने काम भयो कि ४० रोपणी जग्गा स्थानिय जनप्रतिनिधिहरुको रोहोबरमा सिमित बन उपभोक्ताहरुको उपस्थितिमा पालिका अस्पताल र अन्य कार्यलायहरु बनाउने भनी निर्णयमा सहिछाप गराई डोजर लगाई बन फडानी भै सकेको बनलाई समेत आजको मिति सम्म कुनैपनि स्थायी संरचना शुरु नगरी अन्यत्र वडाहरुमा स्थानान्तरण गरी ठेक्का टेन्डर गर्ने सम्मको निर्णयमा स्थानिय सरकार पुगेको देख्दा र सुन्दा हामी जनताहरु अधिकार विहिन भएको महशुस गरेका छौ।
तपसशिलका तमाम जनतालाई यदि यसरी नै स्थानिय सरकारको ठाडो आदेशमा हामीलाइ अधिकार बिहिन बनाउन प्रयास गरिन्छ भने हाम्रा चलन चल्तीको घेराबार श्री लक्ष्मण साइवारी सामुदायिक वन कार्यालय प्रयोजनको लागि प्रयोग नगरिनुपर्ने र हाम्रो व्यतिगत दानपत्र गरिएको जग्गा फिर्ता गरिनु पर्ने माग सहित स्थानिय तहमा बन्नु पर्ने सबै संरचना स्थानिय तहको निर्वाचन पहिलाको सर्बदलिय निर्णय अनुसार खाँडादेवी गाँउपालिका ६ माकादुमको भुमि भित्र बन्नु पर्ने र खाँडादेवी गाउँपालिका नेपालको आठौ स्थान र प्रदेश नं ३ को १ नम्बरमा कागजी रुपमा पर्यो कि व्याबहारिक रुपमा पर्यो त्यस भित्रको अनियमित भ्रष्टाचार र ज्याजतिको विषयलाई छानबिन गरि हामी स्थानीय वासिहरुलाई संघिय गणतन्त्र र तिन तहको सरकारको अनुभूति दिलाइदिनु हुन सम्पुर्ण कागजपत्रहरुको प्रतिलिपि सहित नेपालको सबै राष्ट्रिय मिडियाहरुलाई अवगत गराउन चाहन्छौं्र
नारायण कार्की/रोज मोक्तान
खाँडादेवी गाँउपालिका, रामेछाप
सम्पर्क नं. ९८५४०४३०३५/Email: [email protected]