Logo

सुन काण्डमा जोडिएका डिएसपी दाहालको सरुवा



काठमाडौं, साउन १६ । गत मंगलबार प्रहरीबाट एकाएक सूचना चुहियो– कमलादीबाट १५ किलो सुन जस्तै देखिने पदार्थ भेटियो । त्यस बखत प्रहरीले भन्यो, ‘स्कार्पियो चढेर आएका व्यक्ति सुन जस्तै देखिने पदार्थ रहेको झोला फ्याँकेर भागे ।’ झोलामा दुई थान चाइनिज पेस्तोलसमेत रहेको पुष्टि भयो । घटनाले विहिबारसम्म आईपुग्दा नयाँ मोड लिदैजाँदा उक्त घटनामा जोडिएका डिएसपीको सरुवा गरिएको छ ।

सुन काण्डको अपरेसन गरेका महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी रञ्जन दाहाललाई त्यहाँबाट सरुवा गरिएको छ । सुन काण्ड रहस्यमय बन्दै गएपछि डिएसपी दाहाललाई दरबारमार्गबाट राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा लगिएको हो । उनको ठाउँमा प्रतिष्ठानमै रहेका डिएसपी रामेश्वर पौडेललाई पठाइएको छ ।

‘सो प्रकरणको छानबिन भइरहेकाले डिएसपी दाहाललाई छानबिनका लागि महानगरीय प्रहरी वृत्त दरबारमार्गको जिम्मेवारीबाट हटाइएको हो,’ प्रहरी स्रोतले भन्यो । सुन काण्ड रहस्यमय बन्दै गएपछि त्यसबारे अनुसन्धान गर्न महानगरीय प्रहरी कार्यालय रानीपोखरीले छानबिन समिति गठन गरेको छ ।

घटनाको अनुसन्धानका लागि महानगरीय प्रहरी कार्यालयका एसएसपी सुशील यादवको नेतृत्वमा छानबिन समिति गठन गरिएको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्