Logo

राखेप सदस्यमा ६ जना मनोनित



काठमाडौं, १६ साउन । राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिवले पदबहाली गरेको दोस्रो दिन नै युवा तथा खेलकुद मन्त्रालयले ६ जना सदस्य मनोनित गरेको छ । ६ जना मनोनित भएसँगै राखेपको सात सदस्यीय कार्यकारी समितिले पुर्णता पाएको छ ।

खेलकुद विकास ऐन २०७७ अनुसार युवा तथा खेलकुदमन्त्री तथा परिषद्का अध्यक्ष जगतबहादुर सुनार विश्वकर्माले पूर्व सदस्य इन्दिरा निरौला सहित ६ जना नियुक्त गरेका हुन् ।यसअघि सदस्य सचिव छनोट समितिमा सदस्य रहेका रिम रानाभाटलाई पनि राखेपको सदस्यमा मनोनयन गरिएको छ ।

खेलकुद विकास ऐन २०७७ को दफा ३ को उपदफा २ ९ठ० अनुसार खेलकुद विज्ञ, खेलकुद प्रशिक्षक, खेलकुद प्राविधिक वा एन्टी डोपिङ विज्ञको कोटाबाट रानाभाट र निरौलालाई मनोनित गरिएको हो । यसैगरी सम्बन्धित खेल संघको सिफारिसमा अर्जुन केसी, सुवास श्रेष्ठ र सम्पन्न श्रेष्ठ मनोनित भएका छन् ।

त्यस्तै सोही उपदफाको त बमोजिम परम्परागत, साहसिक तथा पर्यटकिय खेल क्षेत्रबाट गोविन्द प्रसाद भट्टराईलाई सदस्य पदमा मनोनित गरिएको युवा तथा खेलकुद मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । नयाँ खेलकुद ऐन अनुसार ३७ सदस्यीय रहने राखेपका पदाधिकारीमा अरु पदेन सदस्यहरुबाहेक बाँकी सदस्य पनि चाँडै मनोनित गरिने मन्त्री विश्वकर्माले जानकारी दिएको खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्