Logo

कोरोना नियन्त्रणमा नखटिने २५ स्वास्थ्यकर्मी पक्राउ



बीरगञ्ज, १६ साउन । कोरोना नियन्त्रणमा नखटिने पर्साका २५ जना स्वास्थ्यकर्मी पक्राउ परेका छन् । उनीहरुलाई बीरगञ्ज महानगरपालिकाले कोरोना नियन्त्रणका लागि खटाएको भएपनि काममा नआएकाले बिहीबार पक्राउ गरिएको हो ।

उनीहरुले बिभिन्न बाहाना देखाएर काम छल्दै आएका थिए । बिपदको बेला समेत काम छल्ने कर्मचारीलाई नियन्त्रणमा लिन आदेश प्राप्त भएपछि उनीहरुलाई पक्राउ गरिएको खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्