Logo

विश्वभर एक करोड ७२ लाख मानिस कोरोना संक्रमित



काठमाडौं, साउन १६ । कोरोना महामारीबाट विश्वभर संक्रमित हुनेहरुको संख्या एक करोड ७२ लाख नाघेको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को अनुसार विश्वभर एक करोड ७४ लाख ६४ हजार नौ सय ५५ जना संक्रमित भएका हुन्।

यस्तै, हालसम्म ६ लाख ७६ हजार चार सय नौ जनाको मृत्यु भइसकेको छ भने एक करोड नौ लाख ३२ हजार नौ सय १२ जना निको भइसकेका छन्।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट अमेरिका सबैभन्दा बढी प्रभावित छ।

अमेरिकामा मात्र एक लाख ५५ हजार दुई सय ८५ जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् ।

त्यस्तै,ब्राजिलमा ९१ हजार तीन सय ७७, भारतमा ३५ हजार सात सय ८६ जनाले कोरोनाबाट गुमाईसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्