काठमाडौं, १६ साउन । पछिल्लो समय वीरगञ्जमा कोरोना संक्रमण ह्वात्तै बढेको तर उपचारको राम्रो प्रवन्ध नगरिएको भन्दै पर्साका सांसदहरु लक्ष्मणलाल कर्ण र विमलप्रसाद श्रीवास्तवले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको ध्यानाकार्षण गराउन मन्त्रालय पुगेका छन् ।
सांसद श्रीवास्तवले वीरगञ्जमा कोरोना समूदायस्तरमा फैलिएको भन्ने हल्लाले चिकित्सकहरु पनि उपचारमा खटिन छोडेको र जनता त्राहिमाम भएकोले आफूहरु केन्द्र सरकारको ध्यानाकार्षण गराउन स्वास्थ्य मन्त्रालयमा आईपुगेको जानकारी दिए ।
उनले भने,‘पर्सामा कोरोनाको जोखिम बढ्यो, केन्द्रले मेडिकल टिम पठाउनुपर्यो । चिकित्सक खट्न तयार छैनन् भन्ने कुरा आएको छ । स्थानीय प्रशासनले स्वास्थ्यकर्मीहरुलाई कारबाहीसमेत गरेको छ, उपचारको राम्रो प्रवन्ध हुनुपर्छ भनेर मन्त्रीज्यूको ध्यानाकार्षण गराउन आएका हौं ।’ file photo