Logo

बालुवाटारबाट ‘इनफ इज इनफ’का अभियन्ता पक्राउ (फोटोफिचर)



काठमाडौं, १६ साउन । अनसनमा बसेकाहरुको माग सम्बोधन गर्न दबाब दिन प्रधानमन्त्री निवास अगाडि धर्ना बसेका ‘इनफ इज इनफ’ का अभियन्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ । बालुवाटारमा पक्राउ पर्नेमा विवेकशिल नेपाली दलकी नेतृ रन्जु दर्शनासहित अन्य अभियन्ताहरु रहेका छन् । इनफ इज इनफका अभियन्ताहरु सौरभ न्यौपाने, पवन थापा, नवराज उप्रेती, सुदन मानन्धर लगायत पक्राउ परेका छन् ।

सामाजिक दुरी कायम गरेर शान्तिपूर्ण दबाब दिने तयारीमा बसेको समयमा पक्राउ गरेको अभियानले जारी गरेको विज्ञप्तीमा उल्लेख गरेको छ । सरकारले शान्तीपुर्ण भेला गर्न पाइने अधिकारको खिल्ली उडाएको  विज्ञप्तीमा लेखिएको छ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्