Logo

वीरगञ्जमा दोस्रो सङ्क्रमित महिलाको मृत्यु, यो महिना १२ को ज्यान गयो



वीरगञ्ज, १८ साउन । शनिबार साँझ ६ बजे वीरगञ्जको गण्डकमा रहेको वयोधा अस्पतालमा कोरोना सङ्क्रमणको कारण एक जना महिलाको मृत्यु भएको छ । शुक्रबार राति अबेर आएको पीसीआर रिपोर्टमा कोरोना सङ्क्रमण देखिएकी ६८ वर्षीय महिलाको शनिबार साँझ वीरगञ्जको नारायणी वयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

नारायणी अस्थायी कोरोना अस्पताल गण्डकका इन्चार्ज डा। निरजकुमार सिंहले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवा निवासी ६८ वर्षीय महिलाको शनिबार साँझ ६ बजे मृत्यु भएको जानकारी दिनुभयो ।

साउन १४ गते स्वास्थ्य अवस्था बिग्रिएर उपचारको लागि वीरगञ्जको गण्डकमा रहेको वयोधा अस्पतालमा भर्ना भएकी ६८ वर्षीय महिलालाई शुक्रबार राति कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने शनिबार छ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई डिस्चार्ज भएपछि कोभिड अस्पतालमा ल्याउने तयारी गर्दागर्दै महिलाको मृत्यु भएको डा। सिंहले बताउनुभयो ।

यसअघि वयोधा अस्पतालमा नै उपाचारत वीरगन्ज–१६, नगवाकै ५० वर्षीया महिलाको मृत्यु भएको थियो भने उनको शुक्रबार राति अबेर मृत्युपछि कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
मधुमेह र उच्च रक्तचापको बिरामीसमेत रहेकी ती महिलालाई निमोनियाजस्तो देखिने लक्षण देखिएपछि महिलालाई उपचारको लागि साउन १४ गते गण्डकको वयोधा अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो तर साउन १६ गते बिहान सवा १० बजे उपचारको क्रममा मृत्यु भएको समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्