Logo

विश्वभर एक करोड ८० लाख बढी कोरोना संक्रमित,झण्डै ६ लाख ८८ हजारले ज्यान गुमाए



काठमाडौं, साउन १८ । कोरोना महामारीबाट विश्वभर एक करोड ८० लाख भन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को अनुसार विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ८० लाख ११ हजार आठ सय ४५ जना पुगेको छ ।

यस्तै, आईतबार विहानसम्म ६ लाख ८८ हजार ६ सय ८३ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ भने एक करोड १३ लाख २६ हजार दुई सय ३२ जनाले कोरोना जितेका छन ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट अमेरिका सबैभन्दा बढी प्रभावित छ।

अमेरिकामा मात्र एक लाख ५७ हजार आठ सय ९८ जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् । त्यस्तै,ब्राजिलमा ९३ हजार ६ सय १६, भारतमा ३७ हजार चार सय तीन जनाले कोरोनाबाट गुमाईसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्