Logo

विरगन्जका मेयर परिवारका दुई जनासहित चार कर्मचारीमा कोरोना पुष्टि



पर्सा, साउन १८ । वीरगन्जका मेयर विजयकुमार सरावगीको परिवारका दुई जनामा कोरोना पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा रसावगीको परिवारका दुईसहित थप ४५ जनामा आइतबार कोरोना संक्रमण पुष्टि भएको हो।

संक्रमितमध्ये मेयरका चार जना कर्मचारीसमेत छन् । अन्य ४३ जना वीरगन्ज महानगरपालिकै रहेका छन भने एक जना पर्साका हुन् ।



प्रतिक्रिया दिनुहोस्