Logo

प्रेम सञ्जेलमाथि हातपात गर्ने महिला कर्मचारी बर्खास्त



काठमाडौं, १८ साउन । श्रम तथा रोजगार कार्यालय विराटनगर प्रमुख प्रेम सञ्जेलमाथि हातपात गर्ने दुईजना महिला कर्मचारी बर्खास्त भएका छन् । करारमा काम गर्दै उनीहरुलाई सञ्जेलले आज बर्खास्त गरेका हुन् ।

शनिबार पनि काममा बोलाएको भन्दै नेत्र निरौला र मेनुका सापकोटाले सञ्जेलमाथि हातपात गरेका थिए । उनको गालामा चोट लागेको थियो । सञ्जेलले लगत्तै प्रहरी बोलाएका थिए ।

दुवै महिलाले सञ्जेलमाथि यौन र्दुव्यवहारको आरोप लगाएपनि प्रमाण नपुगेको भन्दै प्रहरीले कारबाही थालेको हो । दुवैजनालाई प्रहरीले अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न अनुमति लिएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्