Logo

नागरिक लगानी कोषको लिलामी शेयरमा आवेदन दिने सोमबार अन्तिम दिन



काठमाडौँ १९ साउन : नागरिक लगानी कोष (CIT) को ५० हजार कित्ता लिलामी शेयरमा आवेदन दिने सोमबार अन्तिम दिन हाे। लाइफ इन्स्योरेन्स कर्पोरशेन नेपालले बिक्रीमा ल्याएको नागरिक लगानी कोषको संस्थापक शेयरको बिक्री सोमबारबाट बन्द हुने भएको हो।

लिलामी शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ हजार ८०० रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल पेश गर्न सक्नेछन्। लिलामी शेयरमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले मात्र आवेदन गर्न पाउनेछन्।

लिलामी शेयर खरिदको लागि न्यूनतम १०० कित्ता बढीमा सबै कित्ता शेयर खरिदको लागि आवेदन गर्न सकिने बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडले जनाएको छ।

लिलामी शेयर खरिदको लागि नेपाल एबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड, लाइफ इन्स्योरेन्स कर्पोरेशनको केन्द्रीय कार्यालय र नेपाल एसबीआई बैंकका विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।मेरोलागानीबाट/File Photo



प्रतिक्रिया दिनुहोस्