Logo

अवकाश पाउनु एक महिना अघि वीरबहादुर राई सचिवमा बढुवा



काठमाडौं, १९ साउन । सरकारले वीरबहादुर राईलाई सचिवमा बढुवा गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सरकारका वरिष्ठ सहसचिव राई सचिवमा बढुवा भएका हुन् ।

राई १५ भदौमा अनिवार्य अवकाश पाउँदैछन् । अवकाश पाउनुअघि उनको बढुवा भएको हो । बढुवा सिफारिश समितिले वरिष्ठ सचिवहरु चन्द्रमान श्रेष्ठ, गोकर्णमणि दुवाडी र वीरबहादुर राईको नाम सिफारिश गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्