Logo

त्रिपुरेश्वरको मोरङ अटो वर्कसपले पाँच कर्मचारीको संक्रमण लुकायो



काठमाडौं, २२ साउन । काठमाडौंको त्रिपुरेश्वरस्थित मोरङ अटो वर्कसपमा कार्यरत सात कर्मचारीमा कोरोना भाइरस संक्रमण देखियो– तर दैनिक ५० भन्दा बढी संक्रमित हुने काठमाडौंका लागि यो समाचार थिएन । समाचार के थियो भने– वर्कसपले यो खबर लुकायो । राजधानीमा कोरोना संक्रमणकको भयावह अवस्था र नागरिक प्रवृत्तिलाई यस घटनाले गम्भीर रुपमा उजागर ग¥यो ।

काठमाडौं महानगरपालिका वडा–११ र प्रहरीले त्यहाँका कर्मचारीलाई कोरोना संक्रमण भएको जानकारी गराएपछि बल्ल कम्पनीले चासो देखायो । कर्मचारीको बढी आबत–जावत हुने कार्यालयमा वडा नम्बर ११ ले सिल गरेको जनाएको छ । तर कम्पनीले भने बिक्री केन्द्र नभई एउटा कार्यालयका कर्मचारीमा मात्र कोरोना संक्रमण देखिएको दाबी गरेको छ । कम्पनीले सोरुम र बिक्री केन्द्रमा सिल नगरेको जनाएको छ ।

कामपाको ११ वडामा रहेको प्रहरी कार्यालयका कर्मचारीलाई समेत कोरोनो देखिएपछि महानगरको सो वडा कार्यालय समेत सिल गरिएको छ । ‘हामीले सो कार्यालयमा तत्काल काम नगर्न आग्रह गर्दै बन्द गर्ने निर्णय गरेको छौ’–वडा अध्यक्ष हीरालाल तण्डुकारले नेपाल समाचारपत्रसंँग भन्नुभयो । उहाँले महानगर वातावरण विभागको टोलीले सो कार्यालयमा सेनिटाइज गरेको जानकारी दिनुभयो ।

कोरोना संक्रमण भएको जानकारी पाउने बित्तिकै महानगरीय प्रहरी वृत्त कालिमाटीलाई जानकारी गराएर कार्याल बन्द गराएका छौं, वडाअध्यक्ष तण्डुकारले भन्नुभयो । उहाका अनुसार सो कम्पनी अन्तर्गत बसुन्धरामास्कोडा र जीप कम्पनीको सर्भिस सेन्टरमा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि दुईसातादेखि सर्भिस सेन्टर बन्द गरिएको छ ।

‘मैले जानकारी पाउने बित्तिकै प्रहरीको सहयोगमा तत्काल कार्यालय बन्द गर्न आग्रह गरेको थिएँ, बिहानै प्रहरी टोलीले बन्द गराएको छ –मोरङ अटो वक्र्सका सल्लाहकार एवं पूर्व डिआइजी किरण गौतमले भन्नुभयो । उहाँले भन्नुभयो– यस्तो अवस्था देखिएपछि कार्यालयका प्रमुख कार्यकारी अधिकृत र केही कर्मचारी मात्र बोलाइएको र केही दिन अन्य कर्मचारीलाई नआउन भनेको बताउनुभयो । अब सबै कर्मचारी नबोलाई आलोपालो रुपमा कर्मचारी बोलाएर पुनः सञ्चालन गर्ने तयारी भैरहेको उहाँको भनाइ थियो ।

कम्पनीका बजार प्रमुख रमेश धनेखुले एचआर प्रमुख मोहन थापासंग जानकारी लिन आग्रह गर्नुभएको थियो । लगत्तै थापासंग जानकारी लिन खोज्दा आफूलाई थाहा नभएको र सल्लाहकार पूर्व एआइजी किरण गौतमसंग बुझ्न बताउनुभएको खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्